बाँकेमा एकैदिन ४३ जना संक्रमित थपिए, अब सक्रिय संक्रमित ३७८ मात्र

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७७, शनिबार

नेपालगन्ज ३, असोज

बाँकेमा आज एकैदिन ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लामा रहेका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा २०० नमुना परीक्षण गर्दा दुई लटमा १५ र १८ गरि जम्मा ३३ जना संक्रमित थपिएका हुन् । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुर पीसीआर ल्याबमा ८ जना र बागेश्वरी ल्याबमा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ५ सय ९० पुगेको छ । १ हजार २ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ७८ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech