भेरी अस्पतालको प्रयोगशालामा १५ थपिए

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७७, शनिबार

नेपालगन्ज ०३,असोज
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा पछिल्लो ४८ घण्टामा गरिएका १५० नमुना परिक्षणमा १५ जना संक्रमित थपिएका हुन् ।

थपिएका अधिकांश संक्रमितहरु बाँकेका छन् । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट सकिएपछि केहिदिन भेरी अस्पतालमा कोरोना परीक्षण प्रभावित भएको थियो ।

अस्पतालका मेसु डा.प्रकाश थापा आफै सुर्खेत पुगेर  प्रादेशीक अस्पताल सुर्खेतबाट  २ सय ७० किट ल्याएपछि  कोरोना परीक्षण सुरु गरेको भेरीले आज विहान सूचना जारी गर्दै १५ संक्रमित थपिएको जनाएको हो ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech