नेपालगन्ज ०३,असोज
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा पछिल्लो ४८ घण्टामा गरिएका १५० नमुना परिक्षणमा १५ जना संक्रमित थपिएका हुन् ।
थपिएका अधिकांश संक्रमितहरु बाँकेका छन् । कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट सकिएपछि केहिदिन भेरी अस्पतालमा कोरोना परीक्षण प्रभावित भएको थियो ।
अस्पतालका मेसु डा.प्रकाश थापा आफै सुर्खेत पुगेर प्रादेशीक अस्पताल सुर्खेतबाट २ सय ७० किट ल्याएपछि कोरोना परीक्षण सुरु गरेको भेरीले आज विहान सूचना जारी गर्दै १५ संक्रमित थपिएको जनाएको हो ।