डिउटी अवधिभर ओपिडी नबस्ने चिकित्सक बाटो लाग्दा हुन्छः अध्यक्ष धिताल

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७७, शनिबार

नेपालगन्ज ३, असोज ।

पृथ्वी वीर अस्पताल डिस्सेन्सरीको नामबाट वि.स १९४७ सालमा भेरी अस्पताल नेपालगन्जको स्थापना भयो । २०१६ मा यस अस्पताललाई रत्न राज्य लक्ष्मी देवी प्रसूति गृहको नाममा नामाकरण गरियो । २०२२ सालमा भेरी अंचल अस्पतालका रुपमा नामाकरण भएको अस्पताल ५० शैयाको स्वीकृत पाउन सफल भयो । २०४२ सालमा कृष्णगोपाल टण्डनको अध्यक्षतामा भेरी अंचल अस्पताल विकास समिति गठन भयो । यो अस्पतालमा हालसम्म एक सय ५० शैयामात्र छ । योबीचमा धेरै व्यवस्था फेरिए तर अस्पतालले सोचेजस्तो विकासमा फट्को मार्न सकेन् । सरकारले आर्थिक बर्ष  0६६ /६७ को नीति तथा कार्यक्रममा भेरीलाई विशेषज्ञ अस्पतालकारुपमा विकास गर्ने भनेपनि त्यसको प्रतिफल अझै देखिएको छैन् । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालको अवस्था, सम्भावना र आगामी योजनाबारे अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले कुराकानी गर्नुभएको छ ।

-भेरी अस्पतालमा तपाई नेतृत्वको व्यवस्थापन समिति आएको चार महिना हुनै लाग्यो अहिलेसम्म के कस्ता काम भए ?

हामी कोभिड महामारीकै बीचमा नियुक्त भएर आयौं । जुन रफ्तारले अस्पताल व्यवस्थापनको काम गर्नुपथ्र्यो त्यहो चाही गर्न पाइएको छैन् । किनभने कोभिडका विरामीको उपचार र व्यवस्थापनमै खटिरहनु परेको छ । अहिलेपनि हाम्रो ध्यानयसैमा केन्द्रीत छ । तर यति भन्दैगर्दा केही कामहरु सुभारम्भ भएका छन् । जस्तैः अस्पतालको सरसफाईलाई चुस्तदुरुस्त राख्ने, पार्किङलाई निःशुल्क बनाउने काम सुरु गरेका छौं । यसअघि मोटरसाइकल, साइकल पार्किङ गरेवाफत पैसा तिर्नुपर्ने अवस्था थियो त्यो हटाइएको छ । अस्पतालको आर्थिक सुशासनलाई पनि व्यवस्थित गराउने पहलको थालनी भएको छ । पुरानै ढरराबाट जुन किसीमले बजेट खर्च गर्ने गरिएको थियो त्यसमा लगाम लगाउँदै पारदर्शी र जवाफदेहिताको नीति अवलम्वन गरिएको छ ।

कोभिडका लागि ठूलो जनशक्ति यसैसाता नियुक्त गरिँदै छ । प्रदेश सरकारले कोभिड अस्पताल सन्चालनका लागि १ करोड ४६ लाख पठाएको छ ।

-सेवाप्रवाहका दृष्टिकोणले सकारात्मक परिवर्तनका संकेत त देखिएन नी ?

यस्तो बिषम परिस्थितिमा कर्णाली, सुदूरपश्चिम र प्रदेश पाँचकै रेफरल भेरी अस्पतालले सेवालाई थप फराकिलो पार्नु पर्ने हो । तर सेवा झन अवरुद्ध गराउनु पर्ने अवस्था आयो । कोभिडका कारण उपचारमै संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु नै संक्रमित भए । थप संक्रमणको जोखिम बढेपछि हामीले ओपिडी सेवालाई खुम्चयाउनु पर्ने अवस्था आयो । तर अव यो समस्या दीर्घकालिन रहँदैन् । कोभिडका लागि ठूलो जनशक्ति यसैसाता नियुक्त गरिँदै छ । प्रदेश सरकारले कोभिड अस्पताल सन्चालनका लागि १ करोड ४६ लाख पठाएको छ । खजुरामा रहेको कोभिड अस्पताललाई भेरीमै स्थानान्तरण गरिएको छ । कोभिड हेर्ने छुटै् र जनरल हेर्ने छुटै जनशक्ति भयो भने अहिले जसरी सेवा अवरुद्ध गर्नु परेको छ त्यो अन्त्य हुन्छ । त्यसपछि सहज र सुलभ तरिकाले विरामीले सेवा पाउनुहुने छ ।

विहान १० देखि दिउँसो ३ बजेसम्म ओपिडी सेवामा जुन डाक्टर भेटिदैन समिति चुप लागेर बस्दैन् । भलै, अहिले कोभिडका कारण भिडभाड बढी हुँदा कोरोना भाइरसको जोखिम हुने भएकाले उहाँहरु (चिकित्सक)लाई कडाइ गर्न सकिएको छैन्। सबै विभागका इन्चार्जहरुलाई बोलाएर यो बिषयमा गम्भीर भइदिन अनुरोध गरिसकेका छौं ।

-भेरीको ओपिडी वार्डमा डाक्टर नभेटिने समस्या छ । समममा पनि नआउने र आएपनि एकछिन बस्ने त्यसपछि नीजि क्लिनिक तिर गैहाल्ने । यो समस्या सम्वोधनका लागि व्यवस्थापन समितिले के गर्दैछ ?

तपाईले एकदमै गम्भीर र यथार्थ विषय उठान गर्नुभयो । यो अस्पतालको चरम लापरवाही र गैरजिम्मेवार हो भन्ने मलाई लाग्छ । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडीमा बसेर विरामीलाई सहज तरिकाबाट सेवा दिनुपर्ने उहाँहरुको जिम्मेवारी र दायित्व हो । सरकारले त्यही अनुसार उहाँहरुलाई खटाएको छ र सेवासुविधा पनि दिएको छ । नागरिकको करबाट सुविधा लिने ? नागरिकलाई सेवा नदिने भन्ने कुरा अव अस्पताल विकास समितिले सहन सक्दैन् । यसअघि के भए मलाई थाहा छैन । अव विहान १० देखि दिउँसो ३ बजेसम्म ओपिडी सेवामा जुन डाक्टर भेटिदैन समिति चुप लागेर बस्दैन् । भलै, अहिले कोभिडका कारण भिडभाड बढी हुँदा कोरोना भाइरसको जोखिम हुने भएकाले उहाँहरु (चिकित्सक)लाई कडाइ गर्न सकिएको छैन्। सबै विभागका इन्चार्जहरुलाई बोलाएर यो बिषयमा गम्भीर भइदिन अनुरोध गरिसकेका छौं । सरकारले उहाँहरुलाई कति समय अस्पतालमा बस्न भनेको छ । त्यो समयभित्र उहाँहरु ओपिडीमा बसेर सेवा दिनुभएन भने त्यस्ता चिकित्सकहरु आफ्नो बाटो लाग्दापनि हुन्छ । मन्त्रालयको निर्देशिकाले उहाँहरुलाई कतिबजेसम्म अस्पताल बस्न भनेको छ ? के के गर्न भनेको छ ? त्यसको कडाइका साथ पालना हुनुपर्छ। त्यसका लागि पत्रकार साथीहरुले पनि आलोचना गर्ने र टिप्पणी गर्ने काम गरिदिनुपर्छ । आम जन्तासम्म पुर्याइदिनु पर्छ । मन्त्रालय र प्रदेश सरकारले समेत यसमा अनुगमन गर्नुपर्छ । विरामीलाई सेवा दिने सवालमा कसैले खेलावड गर्न मिल्दैन त्यसमा हामी प्रतिबद्ध छौ ।

-सरकारले भेरी अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने भनेर घोषणा गर्यो । बिशेषज्ञ सेवासहितको सेवा सुरु भएको हो ?

नेपाल सरकारले ५ सय शैयाको विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने भनेर निर्णय गर्यो । तर भौतिक संरचनाको हिसावले भेरीको अवस्था जीर्ण छ । जनशक्तिको अभाव उस्तै छ । निर्णयअनुसार संरचनागत र जनशक्तिको हिसावले हामी पूर्ण छैनौ । त्यसैले हामीले अस्पतालको आवश्यकतासहितको योजना स्वास्थ्य मन्त्रालयमा पठाइसकेका छौ । त्यसमा भौतिक संरचनाको अवस्था, उपकरण, जनशक्तिदेखि व्यवस्थापनसम्मको बिषय समेटिएको छ । अहिले २ सय ७० वेडा क्षमताको भवन निर्माण भइरहेको छ । त्यो संचालन हुन कम्तिमा ६÷७ महिना लाग्छ । भेरीको विकासका लागि मास्टर प्लान अपरिहार्य छ ।

-त्यो मास्टर प्लानको कहिले तयार हुन्छ ?

अवको दुई महिनाभित्रै हामीले मास्टर प्लान सार्वजनिक गर्ने तयारीमा छौं । दीर्घकालिन योजनाविना अस्पतालको विकास सम्भव छैन् । त्यसैले अस्पतालको विकासका लागि दीर्घकालिन योजना बनाइरहेका छौ । कम्तिमा हाम्रो योजना सय बर्षको हुनुपर्छ । यहाँको आवश्यकता के हो ? भवन कति चाहिने हो ? कति जनशक्ति आवश्यक छ ? कस्ता–कस्ता उपकरण जरुरी छ ? अवको सेवालाई प्रविधिसँग कसरी जोड्न सकिन्छ ? नागरिकले सहज र सरल तरिकाले कसरी सेवा पाउन सक्छन् ? यी सबै विषयलाई मास्टर प्लानमा समेटिएको छ ।

पाँचसय शैयाको १० तले भवनको जग हामीले हालेर जानेछौ । पर्चा काट्न घण्टौ समय लाइनमा बस्नु पर्ने अवस्था छ । त्यसको अन्त्यका लागि आइटी प्रविधिको उपयोग गरिने छ । भेरी अस्पतालको प्रवेशद्धारबाट प्रवेश गर्नासाथ अस्पताल होइन फाइभस्टार होटेलमा छिरेजस्तो महसुस गर्नुहुने छ ।

कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश पाँचकै रेफरल अस्पताल भनेको छ आइसीयु वेड ६ वटा छ । योजस्तो विडम्वना अरु के हुन सक्छ ? आइसीयुमा राखेर उपचार गर्नै पर्ने विरामीलाई सेवा दिन सकिएको छैन् । अव ३० देखि ५० बेड क्षमताको आइसीयु वेड तत्काल थप्नु पर्ने आवश्यकता छ । कोभिडको यो महामारीपछि जुन ठाउँमा अहिले कोभिड अस्पताल बनाएका छौं त्यहाँ आइसीयु वेड निर्माण गरिनेछ । २ सय ७० वेड क्षमताको भवन बनिरहेको छ । ६÷७ महिनापछि त्यहाँबाट पनि हाम्रो सेवा सुरु हुन्छ । यसक्षेत्रका नागरिकहरुलाई उपचारका लागि भारतको लखनउ काठमाडौं जानै नपरोस् भन्ने चाहना हाम्रो छ । छिटोछरितो, सहज र भरपर्दो उपचारका लागि भेरी अस्पतालको विकल्प खोज्न नपरोस भन्नेमा हामी दृढ छौं ।

-भेरीमा विशेषज्ञ चिकित्सक टिक्नै नसक्ने समस्या छ नी ?

हो, किन बिशेषज्ञ चिकित्सक टिक्दैनन् त्यसको कारण खोज्दैछौं । उपकरण अभावकै कारण पो विशेषज्ञ चिकित्सकहरु टिकिरहेका छैनन् ? वा विरामी नआएर पो होकी ? किनभने आफ्नो दक्षता र क्षमता निखार्न त चिकित्सकहरुले विरामी धेरै हेर्नु पर्यो । उपकरणसँग खेल्नु पर्यो । त्यो नभएर पनि हुन सक्छ । त्यसका लागि हामी गम्भीर ढंगबाट अध्ययन गरिरहेका छौं । विशेषज्ञ चिकित्सकलाई टिकाइराख्ने सवालमा अस्पताल गम्भीर छ । चिकित्सकहरुको आवश्यकता र उहाँहरुको मनोवल उच्च गराइराख्न अस्पताल विकास समितिले खेल्न सक्ने भूमिकामा कुनै कमी हुने छैन् । तर चिकित्सकहरुले प्रवाह गर्ने सेवा पनि उच्चस्तरीय र विश्वसनिय हुनुपर्छ । भेरीप्रति विरामीको विश्वास बढाउन सकियो भने चिकित्सकहरु पनि टिक्नु हुन्छ र अस्पतालको विकासपनि सम्भव हुन्छ ।

-अव अन्तमा, तपाई नेतृत्वको अस्पताल विकास समितिले आफ्नो तीन बर्षिय कार्यकाल पुरा गरेर जाँदै गर्दा भेरी अस्पताल कस्तो भएको हुने छ ?

अहिले तपाईले हेर्नुभयो भने, ओपिडी भवन जिर्ण छ । चिकित्सकहरु जोखिम मोलेर सेवा दिइरहनुभएको छ । छतबाट पानी चुहिन्छ । कतिबेला छतै खस्छ भन्नेसम्मको अवस्था छ । यस्तो अवस्थालाई फेर्न दीर्घकालिन योजना जरुरी छ, हामीले त्यही योजना बनाइरहेका छौ । सरकारले पाँच शय शैयासहितको बिशेषज्ञ अस्पताल बनाउने निर्णय गरेको छ । त्यसको कार्यान्वयनको अनुभुति सबैले महसुस हाम्रै पालमा गर्नु हुनेछ । पाँचसय शैयाको १० तले भवनको जग हामीले हालेर जानेछौ । पर्चा काट्न घण्टौ समय लाइनमा बस्नु पर्ने अवस्था छ । त्यसको अन्त्यका लागि आइटी प्रविधिको उपयोग गरिने छ । भेरी अस्पतालको प्रवेशद्धारबाट प्रवेश गर्नासाथ अस्पताल होइन फाइभस्टार होटेलमा छिरेजस्तो महसुस गर्नुहुने छ ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech