भारतमा कोरोनाबाट लोकपाल सदस्यको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७७, आईतवार

नेपालगन्ज २१ बैशाख ।
भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको स्वास्थ्य विगत तीन दिनदेखि गम्भीर थियो । उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । तर स्थानीय समयअनुसार शनिबार राति पौने ९ बजेतिर उहाँको निधन भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । उहाँकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उहाँहरु उपचारपछि निको हुनु भएको छ ।

उहाँ छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुनुहुन्थ्यो । सन् २०१९ को मार्च महिनामा उहाँलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उहाँले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिनुभएको थियो ।भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिवार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय सन्चारमाध्यमहरुले उल्ले गरेका छन् ।

  • २१ बैशाख २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech