रुकुम पश्चिममा दुई महिने शिशुमा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७७, शुक्रबार

सुर्खेत २, असोज ।
दुई महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चौरजहारी नगरपालिका रुकुम पश्चिम्मा दुई महिने शिशुमा भाइरस संक्रमण देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा भाइरस संक्रमण देखिँदा दुई महिनाको शिशुमा पनि संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित मध्ये रुकुम पश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ६३ पुगेको छ ।यस्तै महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप १६ जना कोरोनामुक्त भएका छन् ।

प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६४९ पुगेको छ । हालसम्मा प्रदेशभर ४०८ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

  • २ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech