वेस्टर्न अस्पताल नेपालगन्जका निर्देशक डा.राहुल थापालाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १, असोज।

वेस्टर्न अस्पताल नेपालगन्जका निर्देशक डा.राहुल थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ । दुई दिन अघि ज्वरो र घाटी दुख्ने समस्या देखिएपछि उहाँ आइसोलेट हुनुभएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि डा.थापाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाब दिनुभएको थियो । ज्वरो र घाटी दुख्ने समस्या भएपछि उहाँले बुधवार स्वाब दिनु भएको थियो । र, विहीबार रिपोर्ट पोजेटिभ आएको हो ।

अस्पतालको प्रशासनिकदेखि विरामीको उपचारमा सहयोग  गर्दै आउनुभएका डा.थापाको स्वास्थ्य अवस्थामा भने अहिले सुधार हुँदै गएको छ । डा. थापालाई अहिले ज्वरो छैन् । तर श्वासप्रश्वासमा अलि असजिलो महसुस भइरहेको बताइएको छ । विरामीकै उपचारकै क्रममा उहाँलाई भाइरस संक्रमण भएको हुन सक्ने आंशका गरिएको छ ।

बाँकेमा पछिल्लो समेत फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरु भाइरस संक्रमणको बढी जोखिममा देखिएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दागर्दै पनि संक्रमण हुनेक्रम रोकिएको छैन् ।

  • १ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech