भेरी अस्पतालमा नेपालगन्जका कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७७, बिहीबार

तस्विर : फाइल

नेपालगन्जमा १, असोज ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि ती पुरुष गएको २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३० गते कोरोना परीक्षणकालागि स्वाब लिइएको थियो । ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई त्यसैदिन राती पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड विशेष आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा विहीबार सवा पाँचबजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

  • १ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech