नेपालगन्ज १, असोज ।
बाँकेमा विहीबार विहान थप १० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा ९ र बागेश्वरी प्रयोगशालामा १ गरी १० जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।