बाँकेमा कोरोना अपडेटः संक्रमित १५३६, डिस्चार्ज १०८८, मृतक संख्या ८

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

नेपालगन्ज ३१, भदौं ।

बाँकेका बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा गरिएको परिक्षणमा ६ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनागरी २४ जनामा भाइरस संक्रमण देखिएको हो ।

बुधवार थपिएका २४ सहित बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ३६ पुगेको छ । अहिलेसम्म १ हजार ८८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा रहेका विभिन्न आइसोलेसनमा ४ सय ४० जना सक्रिय संक्रमित उपचाररत् छन । बाँकेमा भाइरस संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

 

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech