सिरहा कारागार कोरोनाको ‘हटस्पट’, थप २५९ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

जनकपुरधाम ३१, भदौ ।

क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले जानकारी दिनुभयो ।

जिल्ला कारागार सिरहामा १ सय ५० जना कैदी राख्ने क्षमता भएपनि अहिले सो कारागारमा ५ सय ९९ जना कैदी रहेका छन्। कैदीमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका रहेको कारागार प्रमुख महतोले बताउनुभयो । उहाँका अनुसार जम्मा कैदी मध्ये ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको र केही कैदीको रिपोर्ट नेगेटिभ आएको छ।

सबै संक्रमित कैदीहरु कारागारमै रहेका छन्। सो कारागारमा साउन २४ गते २० वर्ष देखि ५५ वर्ष सम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

साउन २६ गते २ वर्ष देखि ६० वर्ष सम्मका १८ महिला र २ वर्षीय १ बालक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने साउन २९ गते १४ वर्ष देखि ३५ वर्ष सम्मका १५ जना पुरुष तथा साउन ३० गते १ वर्ष देखि ६५ वर्ष सम्मका १ सय ४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech