डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

डोटी ३१, भदौ ।

डोटीमा नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधबार १ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबै राजपुर सुल्लेक स्थित ब्यारेकमा कार्यरत छन् ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार भदौ २७ गते १ सय ४३ जना नेपाली सेनाको स्वाव लगिएकोमा मंगलबार ९० जनाको परीक्षण हुँदा ६ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधवार ५३ जना नेपाली सेनाको स्वाव परीक्षण हुँदा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार थपिएका ४० सहित डोटीको राजपुरमा कार्यरत ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech