अनशनमै पनि प्रा.डा.गोविन्द केसीद्धारा विरामी चेकजाँच

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

नेपालगन्ज ३०, भदौ ।
थिले आगमु लामा हस्याङफस्याङ गर्दै बाबिरा मष्टो मन्दिर परिसरमा पुग्नुभयो । यहाँ ठूलो डाक्टर सा’व आउनुभएको छ भनेर आएकी थिए कहाँ हुनुहुन्छ ? दुई बर्षकी छोरीलाई काँखी च्यापेर डाक्टर खोजीरहेकी लामालाई देखेपछि अनशनरत प्रा.डा.गोविन्द केसी मुसुक्क मुस्कुराउनुभयो । कस्लाई के भयो ? डा.केसीले अनशनस्थलबाट सोध्नुभयो । तपाई नै हो डाक्टर सा’व । लामाको प्रश्नपछि केसीले मुन्टो हल्लाउँदै हो को संकेत गर्नुुभयो ।

लामाले समस्या सुनाईहाल्नुभयो डाक्टर सा’व मेरो छोरीको खुट्टा जन्मदै बांगो छ । डा.केसी अनशनस्थलबाट थोरै अघि सर्नुभयो र बिरामी बच्चालाई हेरेपछि आवश्यक परामर्श दिनुभयो । डाक्टर साबलाई देखाएपछि राम्रो सल्लाह दिनुभएको छ लामाले भन्नुभयो–‘पछि उपचार गरौंला भन्नुभएको छ । एकदमै खुसी लाग्यो ।’ उहाँ करिव १५ किलोमिटर टाढाबाट छोरीलाई लगेर प्रा.डा.केसी अनशनस्थल जुम्ला चन्दननाथ–६ रानीचौरस्थित बाबिरा मष्टो मन्दिर पुग्नुभएको थियो । लामामात्र होइन स्वास्थ्य समस्या लिएर त्यसक्षेत्रका नागरिकहरु उपचारका लागि मंगलवार डा.केसी अनशनरत स्थलमै पुगेका थिए ।

‘अनशनस्थलमै विरामीहरु सेवा लिन आउनुभएको थियो मेडिकल ल्याब्रोटोरी एशोसिएसन अफ नेपालका केन्द्रीय सचिव दिपेन्द्र विक्रम हमालले स्वास्थ्य पेजलाई जानकारी दिँदै भन्नुभयो–‘उनीहरुलाई उपचार र परामर्श दिएर पठाउने काम गर्नुभएको छ ।’ डा.केसी सोमवारदेखि नै अनशनमा हुनुहुन्छ । उहाँले अन्तिम सास रहुन्जेलसम्म बिरामीको सेवा गर्न नछोड्ने भन्दै अनशनरत स्थलबाटै सेवा दिइरहनुभएको सचिव हमालले बताउनुभयो ।

भोकै बसेर पनि नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् भने उहाँका समर्थकले माग पुरा गर्न सरकारलाई जस्तोसुकै दवाब दिन तयार भएको बताएका छन् ।

‘कोरोना भाइरसको जोखिमका कारण सामाजिक दुरीको समेत पालना गर्नुपर्ने अवस्था छ हमालले भन्नुभयो–‘डाक्टर सावको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर अव उहाँको सेवा प्रवाहलाई रोक्नु पर्ने अवस्था छ ।’ चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा.केसीले १९ औं अनशन सुरु गर्नुभएको हो । यसअघि १६ औं अनशनपनि उहाँले जुम्लामै गर्नुभएको थियो । पटकपटकको सत्याग्रहले पनि माग सम्वोधन नभएको भन्दै प्रा.डा केसीले यो अनशनलाई निर्णायक भन्नुभएको छ ।

भोकै बसेर पनि नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् भने उहाँका समर्थकले माग पुरा गर्न सरकारलाई जस्तोसुकै दवाब दिन तयार भएको बताएका छन् ।

नेपालीहरुले निःशुल्क स्वास्थ्य शिक्षा तथा सेवा पाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग डा.केसीका छन् ।

 

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech