देशभर १४५९ संक्रमित थपिदा १०६२ जना डिस्चार्ज, थप ११ को मृत्यु

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

काठमाडौं ३०,भदौ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०३७५ पीसीआर परीक्षण गर्दा १ हजार ४५९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।अब देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणपछि मृत्यु संख्या ३७१ पुगेको छ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech