नेपालगन्ज ३०, भदौ ।
बाँकेमा मंगलवार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुईसय नमुना परीक्षण गरिएकोमा ४२ जनामा भाइरस संक्रमण देखिएको हो ।
एक जना बर्दिया गुलरियाका हुन् । मंगलवार थपिएका अधिकांश नेपालगन्जका छन् । बाँकेमा थप भएकासँगै अव संक्रमितको संख्या १ हजार ५ सय १० पुगेको छ ।