डोटीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

डोटी ३०, भदौ ।

डोटीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा मंगलवार गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो ।

थप भएका संक्रमितमा डोटी सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जना रहेका छन् ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech