पत्रकार दामोदर भण्डारीसहित बाँकेमा आज ४२ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

नेपालगन्ज ३०, भदौ ।
पत्रकार दामोदर भण्डारीसहित बाँकेमा मंगलवार थप ४२ जना डिस्चार्ज भएका छन् । पत्रकार भण्डारीलाई लक्षण चिन्हसहितको भाइरस संक्रमण देखिएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ओइसोलेसनबाट कोरोना जितेर घर फर्कनु अघि पत्रकार भण्डारीले अहिले आफु पूर्णरुपमा ठिक भएको स्वास्थ्य पेजलाई बताउनुभयो । उहाँलाई फोक्सोमा निमोनिया समेत भएको थियो ।

भण्डारीसहित बाँकेका चारैजना पत्रकारले भाइरसलाई परास्त गर्न सफल हुनुभएको छ । मंगलवार डिस्चार्ज भएकाहरुसहित बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech