कोरोना बीमा गरेका बिमितका लागि नयाँ मापदण्ड

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

काठमाडौं २९, भदौ ।
बीमा समितिले निजी ल्याबको रिपोर्टलाई मान्यता दिने निर्णय गरेसँगै कोरोना बीमा गरेका नयाँ बिमितका लागि नयाँ मापदण्ड ल्याएको छ । अब नयाँ बीमितले कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत पाउने भएका छन् ।

बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने व्यवस्था मिलाइएको छ ।

निजी प्रयोगशालाको रिपोर्ट नमान्ने निर्णयको चौतर्फी आलोचना भएपछि बीमा समितिले निर्णय फिर्ता लिएको थियो ।
व्यक्तिगत रुपमा ६ सय रुपैयाँ र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिनेछ ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech