जनप्रतिनिधि र सुरक्षाकर्मीसहित कर्णालीमा थपिए ४९ संक्रमित

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

सुर्खेत २९, भदौ ।
कर्णाली प्रदेशमा सोमवार थप ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एकजना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी, दुईजना जनप्रतिनिधि, तीनजना बैंकका कर्मचारी, एकजना निर्माण व्यवसायी र दुईजना भारतीय आर्मीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech