थप १४ दिन लकडाउन लम्ब्याएको भारतको अवस्था के छ ?

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार

नेपालगन्ज २० बैशाख ।
कोरोना नियन्त्रण चुनौतिपूर्ण बन्दै गएपछि थप १४ दिन लकडाउन लम्ब्याएको भारतमा एकै दिनमा २ हजार ३ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ६९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ। भारतमा १ हजार २ सय २३ जनाको मृत्यु भएको छ। १० हजार ७ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा विगत २४ घण्टामा १ हजार ६ सय भन्दा बढी संक्रमित भएका छन् भने ५६ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १८ हजार ९२ पुगेको छ। ४ सय १७ जनाको मृत्यु भएको छ। ४ हजार ३ सय ५१ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्। बंगालादेशमा संक्रमित थपिने क्रम रोकिएको छैन् । त्यहाँ ५ सय ७१ जना नयाँ बिरामी थपिएका छन्। २ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ८ हजार २ सय ३८ पुगेको छ। १ सय ७० जनाको मृत्यु भइसकेको छ। १ सय ७४ जना निको भइसकेका छन्। त्यस्तैअफ्गानिस्तानमा १ सय ६४ नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ३ सय ३५ पुगेको छ। ६८ जनाको मृत्यु भइसकेको छ। ३ सय १० जना निको भइसकेका छन्।

श्रीलंकामा २७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ९० पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ६२ जना उपचारपछि घर फर्किसकेका छन्। माल्दिभ्समा एकै दिनमा २३ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ४ सय ९१ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्। नेपालमा २ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्। त्यहाँ नयाँ विरामी थपिएका छैनन् ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech