मस्त मन्दिरमा डा.गोविन्द केसीको १९ औं सत्याग्रह सुरु

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

जुम्ला २९, भदौ ।

डा.गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गर्नुभएको छ । यसअघि डा.केसीले १६ औँ सत्याग्रह पनि जुम्लामा बस्नुभएको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले जुम्लाको सिंहाचौरमा रहेको वाविरा मस्त मन्दिरमा १९ औँ सत्याग्रह सुरु गर्नुभएको हो ।

नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह सुरु गरेको डा केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उहाँले माग गर्नुभएको छ ।

यो भन्दा अगाडिको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न बाध्य भएको अभियान्ता डा.केसीको भनाइ छ ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech