बाँकेमा थप दुईजनाले दिए प्लाज्मा

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

नेपालगन्ज २९, भदौं ।
कोरोना भाइरस संक्रमणबाट मुक्त भएका बाँकेका थप दुईजनाले प्लाज्मा दिएका छन् । खजुरा गाउँपालिका–४ का ३२ बर्षीय खगेन्द्र दाहाल र नेपालगन्ज–११ का ४० बर्षका सन्तोष पाठकले सोमवार भेरी अस्पतालमा रहेको रक्तसंचार केन्द्र नेपालगन्जमा प्लाज्मा दिनुभएको हो ।

पत्रकार दाहालले संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमण मुक्त भएको ३६ दिनपछि प्लाज्मा दिनुभएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त भएका सात जनाले प्लाज्मा दिइसक्नुभएको छ । यसअघि प्रमोद रिजाल, रामराजा चौधरी, गोपाल कुमार गिरी, रामहरी अधिकारी र खडानन्द पाण्डेले प्लाज्मा दिइसक्नुभएको छ । रिजाल, अधिकारी र पाण्डेको प्लाज्मा प्रयोग भइसकेको छ ।

रिजालको प्लाज्माले सल्यान शारदा नगरपालिका–६ का प्रविण केसीलाई चढाइएको थियो । कोरोनाबाट गम्भीर अवस्थामा पुग्नुभएका केसी त्यहीँ प्लाज्माबाट ‘रिकभरी’ भएर आइतवार अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ । चारजनाको प्लाज्मा भने स्टक राखिएको प्लाज्मा कलेक्सनमा समन्वय गर्र्र्दै आउनुभएका भेरी अस्पताल नेपालगन्जका सिनियर अहेव होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १ हजार ३६ जना मुक्त भएका छन् । संक्रमण मुक्त भएको १४ दिनपछि र ३ महिनाभित्र संक्रमणबाट निको भएकाहरुले प्लाज्मा दान गर्न सक्ने सुवेदीले बताउनुभयो ।

 

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech