कोरोनाले अमेरिकामा ६५ हजार बढीको ज्यान लियो

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार

नेपालगन्ज २० बैशाख ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ। नेपाली समय अनुसार शनिबार बिहान ९ बजेसम्म अमेरिकामा ६५ हजार ७ सय ५३ जनाको कोरोनाले ज्यान लिएको छ ।

अमेरिकामा २४ घण्टामा १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । त्यस्तै, इटालीमा २८ हजार २ सय ३६, युकेमा २७ हजार ५ सय १०, फ्रान्समा २४ हजार ५ सय ९४, स्पेनमा २४ हजार ५ सय ४३ मानिसको मृत्यु भइसकेको छ। तथ्यांक अनुसार विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ३८ हजार ६ सय ६३ पुगेको छ। २४ घण्टामा संसारभर ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। संसारभर २४ घण्टामा ९४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।

योसँगै विश्वमा संक्रमित हुनेको संख्या ३३ लाख ४४ हजार ९९ पुगेको छ । अमेरिकामा एक दिनमै ३६ हजार भन्दा बढी संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या ११ लाख ३ हजार १ सय १५ पुगेको छ। त्यस्तै स्पेनमा २ लाख १३ हजार ४ सय ३५, इटालीमा २ लाख ७ हजार ४ सय २८, युकेमा १ लाख ७८ हजार ६ सय ८५, फ्रान्समा १ लाख ६७ हजार ३ सय ५, जर्मनीमा १ लाख ६४ हजार ७७, टर्कीमा १ लाख २२ हजार ३ सय ९२ मानिस संक्रमित भएका छन्।

विश्वमा १० लाख ५३ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन्। अमेरिकामा १ लाख ६४ हजार १५, जर्मनीमा १ लाख २६ हजार ९ सय, स्पेनमा १ लाख १२ हजार ५०, चीनमा ७८ हजार २ सय ४९, इटालीमा ७८ हजार २ सय ४९, इरानमा ७६ हजार ३ सय १८, टर्कीमा ५३ हजार ८ सय ८, फ्रान्समा ५१ हजार १ सय २४ जना निको भएर घर फर्किसकेका छन्।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech