नेपालगन्ज, कोहलपुर, खजुरा र बैजनाथमा २१ थपिए

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७७, आईतवार

नेपालगन्ज २८, भदौ ।

बाँकेमा आज २१ जना कोरोना भाइरस संक्रमितका नयाँ विरामी थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा एकसय नमुना परीक्षण गर्दा २१ संक्रमित थपिएका हुन् ।

ती संक्रमित बाँकेका चार स्थानीय तहका हुन् । नेपालगन्ज उपमहानगरपालिकामा ६, कोहलपुर नगरपालिकामा ३, बैजनाथ गाउँपालिकामा ८ र खजुरा गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ४० पुगेको छ । ९ सय ९६ जना भने संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा ४ सय बढी संक्रमित बसिरहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भएको छ ।

 

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech