नेपालगन्जमा संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाँब परीक्षण गरिदै

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार
नेपालगन्ज २० बैशाख ।
नेपालगन्जमा कोरोना संक्रमण देखिएका व्यक्तिका ‘परिवार र उनको सम्पर्कमा रहेका’हरुको आज बिहानदेखी कोरोना परीक्षण सुरु गरिएको छ ।प्रहरी प्रशासनको उपस्थितिमा स्वास्थ्यकर्मीले संक्रमित व्यक्तिका घरपरिवार, उनी जाने मस्जिद र मदरसाका विद्यार्थीको कोरोना परीक्षण थालेका हुन ।
डीएसपीरोडमा बस्ने ती व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको घर आसपास, उनी जाने जुलाहनपुरुवाको मस्जिद र मदरसालाई डोरीले घेरेर सील गरिएको छ । संक्रमितका घरपरिवार, उनीसँग दैनिक सम्पर्क रहेका व्यक्तिहरुको छिटो भन्दा छिटो कोरोना जाँच गर्न अधिकारीहरु लागेका छन् । हिजो ६० वर्षिय पुरुषमा कोरोना देखिएको थियो ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech