मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०७७, शनिबार

नेपालगन्ज २७, भदौ ।

मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिवार बाँकेमा ४० जना कोरोना भाइरसका संक्रमित थपिनेक्रममा मालपोत कार्यालयका लेखा अधिकृतसहित ८ जना कर्मचारीमा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँचजना गरी बाँकेमा शनिवार ४० जना थपिएका हुन् ।

योसँगै बाँकेमा संक्रमितको संख्या १४ सय नाघेको छ । अव जिल्लामा संक्रमितको संखया १ हजार ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा २ सय नमुना परीक्षण गर्दा ३७ पोजेटिभ केस देखिएको थियो । त्यसमा अरु दुई जना भने ठाकुरबाबा नगरपालिका बर्दियाका हुन् ।

  • २७ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech