धम्वोजी मस्जिदका शंकास्पद व्यक्तिको रिपोर्ट नेगेटिभ

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार

नेपालगन्ज १९ बैशाख ।

नेपालगन्जको धम्बोझी मस्जिदका शंकास्पद व्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । फूलबारी मस्जिदमा ११ जनाको कोरोना जाँच गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको थियो भने अर्काको शंकास्पद रिपोर्ट आएको थियो ।

त्यही शंकास्पद व्यक्तिको पुनः स्वाव लिएर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।शंकास्पद रिपोर्ट आएका व्यक्तिलाई क्वारेन्टिमा राखिएको छ ।

यसअघि उनलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको थियो ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech