प्रदेश पाँचमाः संक्रमित ७८१५, डिस्चार्ज ५८०९, मृत्यु ४५

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

बुटवल २६, भदौ।

प्रदेश ५ मा अहिलेसम्म ७ हजार ८ सय १५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ५ हजार ८ सय ९ संक्रमित निको भइ घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबारको मिडिया ब्रिफिङ सामाजिक विकास मन्त्रालय प्रदेश ५ का प्रवक्ता डा. पुष्पराज पौडेलले पछिल्लो २४ घण्टामा प्रदेशमा ७३ संक्रमित थपिएको बताउनुभयो । जसमा १८ महिला र ५५ पुरुष रहेका छन् । प्रदेशमा अहिलेसम्म २ सय ३ स्वास्थ्यकर्मी र २ सय ५८ प्रहरी समेतलाई संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिनेमा अर्घाखाँचीका १, दाङका ४, रुपन्देहीका २८, नवलपरासी पश्चिमका ४, रुकुमका ११, पाल्पाका ३ र गुल्मीका १९ रहेका छन् । हाल प्रदेशका आइसोलेनिमा १ हजार ८ सय ८९ संक्रमित उपचाररत रहेका छन् भने ४५ संक्रमितको मृत्यु भइसकेको छ ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech