भेरीको कोरोना अपडेट रिपोर्ट आज किन आएन् ?

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज २६, भदौ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा रिएजेन्ट अभावका कारण संकलित स्याम्पल परीक्षणमा ढिलाइ भएको छ । प्रयोगशालामा भएको रिएजेन्ट सकिएका कारण स्याम्पल परीक्षणमा ढिलाइ भएको हो ।

ल्याव टेक्निसियन प्रचण्ड गौतमका अनुसार रिएजेन्ट अभाव भएका कारण समयमा स्याम्पल परीक्षण नहुँदा शुक्रबार परीक्षण रिपोर्ट सार्वजनिक गर्न सकिएन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार अवेर राती ९ सय र प्रदेश सरकारले एक सय रिएजेन्ट पठाएको छ ।

‘रिएजेन्ट अवेर राती आयो गौतमले स्वास्थ्य पेजलाई भन्नुभयो– ‘अहिले स्याम्पल जाँच प्रक्रियामा छ भोली विहान फस्टआवरमा परीक्षण रिपोर्ट आउँछ ।’ ‘मेसिन विग्रीएको छैन् रिएजेन्ट अभावले परीक्षण ढिलाइमात्र भएको हो, काम रोकिएको छैन्’ उहाँको थप भनाइ थियो । ल्यावमा अझै दुई सय बढी स्याम्पल परीक्षणको प्रतिक्षामा छन् । अस्पतालले आफै रिएजेन्ट खरिद गर्ने तयारीबारे पनि एक चरणमा छलफल गरिसकेको छ ।

तर बाहिरी जिल्लाको कन्ट्याक्ट टे«सिङको समेत स्याम्पल अस्पतालमा आउने गरेकाले त्यस्को परीक्षण के गर्ने भन्नेबारेमा भने ठोस निर्णय हुन सकेको छैन् । भेरीमा रिएजेन्ट अभाव भएकै कारण बर्दियाको बासगढीबाट संकलित २ सय स्याम्पल राप्ती प्रादेशीक अस्पताल दाङ पठाइएको छ । यसअघि बर्दियाको स्याम्पल पनि भेरीमै परीक्षण हुने गरेको थियो ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech