भारतमा एकैदिन १२ सय भन्दा धेरै कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

काठमाडौं २६, भदौ ।
भारतमा बितेको चौबिस घण्टामा ९६ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ९६ हजार ५५१ मानिसमा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार चौबिस घण्टामा कोरोना संक्रमणका कारण १२०९ जनाको मृत्यु भएको छ।

अहिले भारतमा ९ लाख ४३ हजार ४८० सक्रिय कोरोना संक्रमित छन् भने ३५ लाख ४२ हजार भन्दा धेरै मानिसहरु संक्रमणमुक्त भएका छन्।कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या भारतमा ७६ हजार २७१ पुगेको छ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech