बाँकेमा कोरोनाबाट मुक्त हुनेमा आज महिला धेरै

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज– २६, भदौ ।
बाँकेमा आज थप १९ जना डिस्चार्ज हुने भएका छन् । डिस्चार्ज हुनेको सूचिमा महिलाको संख्या धेरै छ । १९ जना डिस्चार्ज हुँदा महिलाको संख्या १० छ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसहित १९ जना डिस्चार्ज हुन लागेका छन् । बाँकेमा विरामीको निको हुने दर ७१.११ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, आजसम्म जिल्लामाा ९ सय ७० जना निको भइसकेका छन् ।

विहीबार १८ जना संक्रमित थपिएसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ३ सय ६४ पुगेको छ । यो हिसावले प्रकोप दर हेर्ने हो भने ०.२३ प्रतिशत हो । मृत्युदर ०.५९ प्रतिशत छ ।

बाँकेमा ८ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ८६ जना बसिरहेका छन् ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech