सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

धनगढी– २६, भदौ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पटक थप ६८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कैलालीका ५१, डडेल्धुराका ९ र कञ्चनपुरका ८ जनालाई डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यससँगै प्रदेशमा पाँच हजार चार सय ६१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ९६ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका ९ सय सात, अछामका आठ सय ९३, कञ्चनपुरका ६ सय ७३ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयो ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech