नेपालगन्जका स्वास्थ्य शाखा प्रमुख चन्दलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

नेपालगन्ज २५, भदौ ।
बाँकेमा विहीबार थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५० वटा नमुना परीक्षण गरिएकोमा १४ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी पनि परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलाई भाइरस संक्रमण देखिएको छ । विहीबार थप भएका संक्रमितमा नेपालगन्जका १०, जानकी र खजुराका एकएकजना छन् । दुईजना भने बर्दिया र कंचनपुरका हुन् । उनीहरुको स्वाव भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट लिइएकाले उनीहरु पनि बाँकेकै संक्रमितको लिष्टमा नाम थपिएको हो ।

अव बाँकेमा संक्रमितको संख्या एक हजार ३ सय ५९ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ९ सय ५१ पुगेको छ । अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech