रिदम गौतम-नेपालगन्ज २५, भदौ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवं मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेको आजैमात्र भरतपुर अस्पताल चितवनमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसहित सरुवा भएको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवं मेडिसिन विभागका प्रमुख डा.राजन पाण्डे गत शुक्रबार कोरोना संक्रमणमुक्त भएर काममा फर्किसक्नु भएको छ । संक्रमितको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर खटिंदा कोरोना पोजेटिभ भएका डा पाण्डेले कोरोना भाइरसलाई सामान्यरुपमा नलिन आग्रह गर्नुभएको छ । पाण्डेसँग स्वास्थ्य पेजका लागि रिदम गौतमले कुराकानी गर्नुभएको छ । उहाँसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट
विगत पाँच महिनादेखि कोभिड–१९ कै उपचारमा खटिरहेकाले एकदिन कोभिड हुन्छ भन्ने अनुमान डा.पाण्डेले गरिसक्नु भएको थियो । किनकी ठाउँठाउँमा चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि भाइरस संक्रमण देखिरहेकै थियो । तर पनि उहाँ विरामीको सेवामा नियमितरुपमा खटिरहनुभयोे । अस्पतालमा ज्वरो, रुघाखोकी, स्वास फेर्न गाहे भएका बाहेकका विरामी पनि आउने गरेका थिए । उहाँलाई त्यहीबाट आफुलाई संक्रमण भएको अनुमान छ । विरामीको नियमित उपचारमा खटिदा पीपीई सम्भव थिएन् । मास्कको प्रयोग भने नियमित गर्ने गरेको डा. पाण्डे बताउँनुहुन्छ ।
‘जगकता र सर्तकता अपनाउँदा अपनाउँदै भदौ ९ गते म पनि संक्रमित हुन पुगे डा.पाण्डेले भन्नुभयो ।’ डा.पाण्डेलाई संक्रमण पुष्टि भएपछि उहाँकी श्रीमतिलाई पनि संक्रमण भयो । दुवै जनालाई लक्षणसहितको संक्रमण देखिएको थियो । ‘ज्वरो आउने, श्वास फेर्न गोहे हुनेजस्ता लक्षण नै देखियो उहाँले भन्नुभयो–‘संक्रमण पुष्टि भएको दुई तीन दिनसम्म त मरिन्छ की नै भन्ने फिल भयो ।’
नहोस् पनि कसरी ? नेपालमै दैनिक १०–१५ जना मानिस कोभिडकै कारण मृत्युवरण गरिरहेको सरकारी तथ्याङ्क सार्वजनिक भइरहेको छ । अरुको उपचारमा खटिने कैयौं चिकित्सक तथा स्वास्थ्यकर्मी आफै गम्भीर भएर आइसीयु र भेन्टिलेटरमा छन् । रेमडिसिभिर औषधि दिनु परेको छ । ‘आफु पनि कतै त्यही अवस्थामा पुग्छु की भन्ने त्रास नभएको होइन् डा. पाण्डेले आइसोलेसन बसाइको सुरुवाती दिन सम्झदै भन्नुभयो–‘तर विस्तारै लक्षण कम हुदै गएपछि स्वास्थ्यमा सुधार आयो ।’
उहाँले १० दिनमै कोरोना जित्नुभएको हो । आइसोलेसन बसाइ सकेर गएको आइतवारबाट उहाँ नियमित काममा फर्किनु सक्नुभएको छ । अहिले पनि कतिपय मानिसहरुले कोरोना केहीपनि होइन् हाउगुजी मात्र हो भन्ने गरेका छन् । डा.पाण्डेले त्यस्लै ठाडै अस्विकार गर्नुहुन्छ । महामारीका रुपमा फैलिएको कोरोनाकै कारण अहिले विश्व ठप्प छ । कोरोना हाउगुजी हुदै होइन् भ्रममा कोही नपरौं डा.पाण्डेले भन्नुभयो–‘कोरोना केही होइन् । हाउगुजी हो भन्नेहरुले एकपटक अस्पतालमा मृत्युसँग छट्पटाइरहेका विरामीलाई हेर्नुहोस् ।’
विश्वमा १० लाखको हाराहारीमा मानिसहरुको मृत्युभएको छ । करोडौं मानिसहरु संक्रमित छन् । कैयौको अवस्था गम्भीर छ । नेपालमै तीन सय बढीको मृत्यु भइसक्यो । एउटै परिवारको तीनजना सदस्यले समेत कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । कोरोनाकै कारण योङ व्यक्तिहरुको मृत्यु भइरहेको छ । ‘राज्यका लागि कसैको मृत्यु एउटा होला उहाँले भन्नुभयो–‘तर परिवारको लागि त उस्को मृत्यु सर्वोश्व हो नी ।’
होमआइसोलेसनमा बस्दा के ध्यान दिने ?
पछिल्ला दिनमा होम आइसोलेसनमा बसेका संक्रमितको पनि मृत्यु भइरहेको छ । लक्षण देखिएका विरामीलाई होमआइसोलेसनमा बस्नै नहुने उहाँको सुझाव छ । होमआइसोलेसनमा बसेका कतिपय विरामी गम्भीर अवस्थामा पुगेपछि अस्पताल जाने र बेड नपाएर मृत्यु हुने गरेको छ । कतिपयले त अस्पताल पुग्न एम्वुलेन्स समेत नपाएको उहाँको भनाइ छ ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्नु पर्ने संक्रमित होमआइसोलेसनमा बस्दा जोखिम उच्च हुने उहाँको भनाइ छ । ‘तपाइँ सकेसम्म स्वास्थ्य संस्थामा नै गएर आइसोलेसनमा बस्नुस् संक्रमितलाई सल्लाह दिदै डा. पाण्डे भन्नुहुन्छ –‘नभए पनि गाह्रो पर्दा कहाँ जाने, कसलाई फोन सम्पर्क गर्ने, एम्बुलेन्स कसरी बोलाउने लगयातका कुरा तयारी गरेर मात्र होम आइसोलेसनमा बस्नुस् । अन्यथा सामान्य देखिने संक्रमणले ज्यानै लिन सक्छ ।’
फ्रन्टलाइनर स्वास्थ्यकर्मी कसरी जोगिने ?
आफ्नो ज्यान हत्केलामा राखेर अहिले स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटिरहेका छन् । यही क्रममा नेपालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित भएका छन् । चाहादा चाहादै पनि स्वास्थ्यकर्मी भाइरस संक्रमणबाट पूर्णरुपमा जोगिन सक्ने अवस्था डा. पाण्डे देख्नुहुन्न् । प्रत्येक पटक विरामी कहाँ पुग्दा पीपीइ लगाएर जान सम्भव छैन् । मास्क लगाउने हो । सेनिटाइजरको प्रयोग गर्ने हो । त्यती गर्दा गर्दै पनि भाइरस संक्रमण देखिएकै छ । त्यसैले चाहेर पनि योबाट जोगिने अवस्था छैन् । डिउटी रोटेसन गर्ने हो भने केहीहद सम्म आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ । डिउटी सकेर आएपछि क्वारेन्टिन बस्ने र पीसीआर जाँच गरेर नेगेटिभ रिपोर्ट आए घर जाने अथवा परिवारसँग बस्न सकिन्छ । तर पूर्णरुपमा गाहे छ ।
लकडाउन/निषेधाज्ञा कति प्रभावकारी ?
हेर्नुहोस् अव लकडाउन र निषेधाज्ञाबाटै कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने अवस्था छैन । एकचरण त्यो सम्भव थियो । अव त कोरोना समुदायस्तरमै फैलिसक्यो । स्वास्थ्य सँगसँगै मान्छेको रोजीरोटीसँग जोडिएको कुरा पनि छ । पूर्ण लकडाउन र निषेधाज्ञाले कोरोना नियन्त्रण गर्न गाह्रो छ । रोकथामको एक चरण त हामी पुरा गरिसक्यौं । अव पनि लकडाउन…लकडाउन…लकडाउन भनेर अर्थ छैन् ।
अवको विकल्प के ?
अवको विकल्प भनेकै अस्पतालहरुलाई बलियो बनाउने हो । लक्षण देखिएका विरामीको तत्काल उपचार गर्न अक्सिजनसहितका अस्पताल बनाइनुपर्छ । रेमडिसिभिर औषधिको सहज उपलब्धता बढाउने तर्फ लाग्नु पर्छ । नेपाल सरकारले अहिलेसम्म सचेतिकरणका कार्यक्रमलाई जोड दिएको देखिन्छ । अव नागरिक सचेतिकरणले मात्र पुग्दैन् उपचारमा जोड पर्यो । सरकारी अस्पतालहरुमा अक्सिजनसहितको बेडहरु निर्माण गर्नु पर्यो । नीजि अस्पतालहरुलाई आफ्नो मातहतमा ल्याउनु पर्छ । किनभने अहिले कोरोना संक्रमित विरामी भन्दा पनि अन्य विरामीले उपचार नपाएर मृत्युवरण गर्नु पर्ने अवस्था आइरहेको छ । भेरी अस्पतालकै कुरा गर्ने हो भने अधिकांश बेड कोभिडका लागि बनेका छन् । अन्य विरामीलाई त भर्ना गर्न सकिने अवस्था छैन् । त्यसैले राज्यले नीजि अस्पतालहरुलाई पनि आफ्नो मातहतमा ल्याउनु पर्यो । बरु उनीहरुलाई कसरी ल्याउन सकिन्छ त्यसको योजना बनाउनतिर लाग्नु पर्यो । सरकारी अस्पतालहरुबाटमात्रै सबै सेवा सम्भव छैन् । तत्काल जनस्वास्थ्य आपतकाल घोषणा गर्नुपर्छ ।