सुदूरपश्चिम प्रदेशमा थप ८१ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

धनगढी २५, भदौ ।

सुदूरपश्चिम प्रदेशमा थप ८१ जना कोरोना संक्रमण मुक्त भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अहिलेसम्म अछामका ४५ जना, बझाङबाट २२, डडेल्धुराका ६ जना, कैलालीका तीन जना, डोटीका तीन जना र कञ्चनपुरबाट दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

योसंगै प्रदेशमा पाँच हजार तीन सय ९३ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४५ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय सात, अछामका आँठ सय ९३, कञ्चनपुरका ६ सय ६५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय सात र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।

सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय १८ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन सय बढिले कोरोना जितेका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech