कोहलपुरका ६ बर्षीय बालकसहित बाँकेमा आज ३६ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

नेपालगन्ज २५, भदौ ।
बाँकेमा आज थप ३६ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु १४ दिन पूरा गरी आज डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

१४ जना महिलासहित ३६ जना डिस्चार्ज भएका हुन् । कोहलपुर नगरपालिका–५ का ६ बर्षीय बालकले पनि कोरोना जितेका छन् । आज डिस्चार्ज हुनेको सूचीमा उनको नाम पनि समावेश गरिएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका उनीहरु भदौ ११ गते आइसोलेसन भर्ना भएका थिए । उहाँका अनुसार आज डिस्चार्ज भएकासहित बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ९ सय ५१ पुगेको छ ।

अहिलेसम्म जिल्लामा १ हजार ३ सय ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । ८ जनाको भने मृत्यु भइसकेको छ ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech