उच्च अदालतका ८ सहित बाँकेमा ५२ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

नेपालगन्ज २४, भदौ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका ८ जनासहित बाँकेमा ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ३७ नमुना परीक्षण गर्दा ५८ जनामा भाइरस संक्रमण देखिएको हो ।त्यसमा बर्दियाका ६ जना छन् ।

उच्च अदालतका पाँच सुरक्षाकर्मी, दुईजना सुब्बा र एकजना भान्छेमा भाइरस संक्रमण देखिएको उच्च अदालतका शाखा अधिकृत तिर्थराज आचार्यले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । अरु अन्य पेशा व्यवसायका हुन् । नेपालगन्ज निवासी उनीहरुको स्वाव पनि उच्च अदालतबाटै संकलन गरिएको थियो ।

यसअघि उच्च अदालतकै रजिष्टारलाई पनि संक्रमण भएको थियो । उनी आइसोलेसन बसिरहेका छन् । उदयपुर स्वास्थ्य चौकीका दुईजना स्वास्थ्यकर्मीमा पनि भाइरस देखिएको छ । बुधवार थप भएका संक्रमितहरुमा नेपालगन्ज, कोहलपुर र राप्तीसोनारीका छन् । बर्दियामा थपिएका सबै संक्रमित गुलरिया नगरपालिकाका हुन् ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech