चितवनमा १८ महिनाको बालकमा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

चितवन २४, भदौ ।
चितवनमा १८ महिनाको बालकलाई कोरोना पोजेटिभ देखिएको छ ।

२५७ नमुना परीक्षण गर्दा १८ महिनाको बालकसहित १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ ।

संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech