काँग्रेस महामन्त्री डा.शशांक कोइरालालाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं २३, भदौ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण देखिएको छ । ह्याम्स अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।

यद्धपी आजै स्टार अस्पतालको प्रयोगशालाले पनि उहाँको नमूना जाँचका लागि पठाइएको छ । त्यहाँको रिपोर्ट भने आइसकेको छैन् ।

उपत्यकामा संक्रमण बढेपछि कोइरालाले परिवार तथा सचिवालयका सबै सदस्यहरुको कोरोना जाँच गराउनुभएको थियो । अरुको रिपोर्ट भने बेलुकासम्म आउने बताइएको छ । मंगलबार विहान पोजेटिभ रिपोर्ट आएपनि उहाँमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन् ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech