बाँकेमा १४ थपिँदा बर्दियामा १९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

नेपालगन्ज २३, भदौ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्टारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको नमुना परीक्षणमा ५३ बर्षीय ती रजिष्टारलाई भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

यसअघि पनि उच्च अदालतका एकजनामा भाइरस संक्रमण देखिएको थियो । रजिष्टारसँगै भेरीमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । बाँकेका १४ र बर्दियाका १९ जनामा भाइरस संक्रमण देखिएको हो । आज संक्रमित पुष्टि भएका अधिकांश नेपालगन्जका छन् ।

एकजना भने नरैनापुर गाउँपालिका हुन् । बर्दियामा १९ जना थपिँदा ती सबै बाँसगढी नगरपालिकाका हुन् ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech