बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै : थप ३१ मा संक्रमण

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्ज १९ बैशाख ।
पछिल्लो समय बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या बढ्दै गइरहेको छ। बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको जम्मा संख्या १ सय ५७ पुगेको छ।

बहराइनस्थित नेपाली दूतावासकाअनुसार मंगलबार मात्रै ७७ नेपालीमा कोरोना पुष्टि भएको थियो। सानो मुलुक बहराइनमा एउटै फ्लाटमा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु राखिएको हुँदा कोरोना संक्रमित नेपालीहरुको संख्या बढ्दै गएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताउनुभयो । एउटै फ्लाटमा ४ सयदेखि ५ सय श्रमिकहरु राखिएका छन्ज ।

जसले गर्दा त्यहाँ सँगै बस्ने एकजनामा कोरोना देखियो भने बाँकी अरुलाई पनि कोरोना संक्रमण भइरहेको अबस्था छ । हालसम्म बहराइनमा तीन हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ। ८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १ हजार ५ सय निको भएका छन्।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech