प्रदेश पाँचमा कति पुगे कोरोना संक्रमित ?

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

नेपालगन्ज २३, भदौ ।
प्रदेश पाँचमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार नाघेको छ । प्रदेश पाँच सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार अहिलेसम्म संक्रमितको संख्या ७ हजार २ सय ४७ पुगेको छ ।

प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १७ रहेको छ । प्रदेशमा अहिलेसम्म ५ हजार ४ चारसय ५८ डिस्चार्ज भएका छन् । प्रदेशमा १ सय ८९ स्वास्थ्यकर्मी, २ सय ५८ जना सुरक्षाकर्मी र १ सय १५ जना अन्य कर्मचारी संक्रमित भएका छन् । प्रदेश पाँचका चारवटा कोरोना विशेष अस्पतालमा १ सय २८ जना उपचाररत् छन् । तीमध्ये १८ जना आइसीयु र एकजना भेन्टिलेटरमा छन् । लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा १४ जना आइसीयु र एकजना भेन्टिलेटरमा रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

भीम अस्पताल भैरहवामा ३ र दाङको बेलझुण्डीमा १ जना संक्रमित आइसीयुमा उपचाररत छन् । प्रदेश पाँचमा अहिलेसम्म ४१ जनाले ज्यान गुमाएका छन् ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech