सोमबार देशभर ९७९ जनामा संक्रमण पुष्टि,१७२६ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७७, सोमबार

काठमाडौं २२,भदौ ।

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सोमबार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ९७९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

अब देशभर १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित छन् ।

  • २२ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech