लकडाउन खुकुलो हुने स्वास्थ्यमन्त्री ढकालको संकेत

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

काठमाडौं १९ बैशाख ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्नुुभएको छ । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गर्नुभएको हो ।

सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उहाँको भनाइ छ। कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने मन्त्री ढकालले बताउनुभयो ।

कारोनाका कारण दीर्घरोगी र अन्य बिरामी अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech