बाँकेमा ६ र बर्दियामा ७ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७७, सोमबार

नेपालगन्ज २२, भदौ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सोमबार थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५० नमुना परीक्षण गर्दा १३ जना नँया संक्रमित थपिएको अस्पतालले जनाएको छ ।

सोमबार संक्रमण पुष्टि भएकाहरु बाँकेका ६ जना र बर्दियाका ७ जना रहेका छन् । बर्दियामा थपिएका संक्रमितहरु अधिकांश मधुवन नगरपालिकाका हुन् ।

बाँकेमा आज ३ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै अब बाँकेमा संक्रमित संख्या १२५७ पुगेको छ । त्यस्तै आज ८ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८३१ पुगेको छ ।

कोरोना संक्रमणबाट बाँकेमा ७ जनाको मृत्यु भएको छ ।

  • २२ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech