नेपालगञ्ज उपमहानगरपालिका फेरी सील

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

?

नेपालगन्ज २२,भदौ ।
जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ ।

उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । गलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णबय भएको छ । उपमहानगरपालिका कार्यालय आइतबारदेखि सुचारु हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ ।

घलेको आइतवार मृत्यु भएको थियो । उहाँको सोमवार अन्त्यष्टि गरिएको छ ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech