क्यान्सर अस्पतालका दुई चिकित्सकमा कोरोना, अस्पताल सील

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७७, सोमबार

नेपालगन्ज २२, भदौ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुईजना चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ ।

अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको छ अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।

उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कार्यरत छन् । अस्पतालमा कसरी भाइरस छिर्यो भन्नेबारे थाहा हुन सकेको छैन् । विरामीबाटै सर्यो वा अस्पतालकै कर्मचारीबाट सर्यो थाहा हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो ।

प्रदेश सरकारले क्यान्सर अस्पताललाई कोभिड अस्पता बनाएपछि अस्पतालले आफ्ना नियमित सेवा रेडियोलोजी भवनबाट दिदै आएको थियो ।

  • २२ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech