बर्दियाको बाँसगढी नगरपालिकामा आजदेखि निषेधाज्ञा

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७७, सोमबार

बर्दिया २२, भदौ ।
बर्दियाको बाँसगढी नगरपालिकामा आज सोमवारदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर फैलिदै गएपछि बाँसगढीमा एकहप्ताका लागि निषधाज्ञा जारी गरिएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार, सोमवार विहान ६ बजेदेखि लागु हुने गरी भदौ २८ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सिडिओ अधिकारीले स्वास्थ्य पेजमार्फत आग्रह गर्नुभएको छ । आइतवार बाँसगढीमा रहेको सीजी ग्रुपका ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि बासँगढी नगरपालिकामा निषेधाज्ञा लगाइएको हो । उक्त उद्योग सील गरिएको छ ।

बर्दियामा सबैभन्दा बढी बाँसगढी नगरपालिकामा ८८ वटा पोजेटिभ केस देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । सबैभन्दा कम बारबर्दिया नगरपालिकामा २८ वटा केस देखिएको उहाँको भनाइ छ । अहिलेसम्म बर्दियामा ४ सय ८ वटा केस देखिएको छ । ३ सय १८ जना भने निको भएर फर्किसकेका छन् । अहिले विभिन्न आइसोलेसनमा ८९ जना बसिरहेका छन् । एकजनाको भने कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

  • २२ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech