बाँकेमा कोरोना भाइरसबाट आज थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार

नेपालगन्ज २१, भदौ ।
कोरोना भाइरसका कारण बाँकेमा आज आइतवार थप एकजनाको मृत्युभएको छ ।उनी नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी हुन । उनी जिन्सी शाखामा कार्यरत रहेको खुलेको छ ।

नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ बर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अघि राती साढे ८ बजेतिर मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

गएको १२ गते स्वास्थ्यमा समस्या आएपछि कोभिडको आशंकामा उनको १३ गते स्वाव परीक्षण गरिएको थियो र १५ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी न्यू होटेल इन्द्रेणीको आइसोलेसनमा बस्दै आएका थिए ।

तर स्वास्थ्य अवस्था झन विग्रदै गएपछि उनी १८ गते अस्पताल भर्ना भएका थिए । उनको आज आइतवार राती साढे ८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनी मधुमेह र मुटु सम्वन्धित रोगबाट ग्रसित थिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

 

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech