कोरोना नियन्त्रणमा प्रदेश ५ सरकार संवेदनहीन बनेको कांग्रेसको आरोप

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार
कोरोना नियन्त्रणमा प्रदेश ५ सरकार संवेदनहीन बनेको कांग्रेसको आरोप

बुटवल २१, भदौ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रदेश ५ सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा अकर्मण्य र संवेदनहीन बनेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमा कनौडियाले मुख्यमन्त्री शंकर पोखरेललाई पठाएको ध्यानाकर्षण पत्रमा प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति समयमै गम्भीर नहुँदा संक्रमण नियन्त्रण भन्दा बाहिर जान थालेको र नागरिक जीवन अत्यन्त संकटमा परेको उल्लेख गरिएको छ ।

कांग्रेसले कोरोना संक्रमण नियन्त्रण गरी नागरिक जीवन सहज पार्न विषयमा प्रदेश सरकारको अल्पकालीन र दीर्घकालीन योजना पनि मागेको छ । प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बनेका कारण आर्थिक–सामाजिक संकट चुलिंदै गएको र संक्रमण बढ्ने क्रम कम नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विभिन्न जिल्ला र पालिकाहरुमा गरिएको निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभई हचुवामा गरिएको भन्दै कांग्रेसले कोरोना नियन्त्रणमा अन्य तयारीको अभावमा सरकार केवल लकडाउन र निषेधाज्ञामा निर्भर बनेको ठहर गरेको छ ।

प्रदेशका कतिपय ठाउँहरुमा समुदायस्तरमा समेत संक्रमण फैलिएको भन्दै कांग्रेसले निषेधाज्ञा लगाउने वा नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ ।

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech